नायक आर्यन सिग्देल र नायिका केकी अधिकारी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएका छन् l मानव तस्करीमा नाम जोडिएपछि दुईजनाले शुक्रबार महाराजगन्जस्थित कार्यालय पुगेर उजुरी दिएका हुन् l केही दिन अघी एक फिल्म निर्माण कम्पनीले नर्वेमा सुटिङ गर्ने भन्दै नक्कली कागज पेस गरेका थिय l उक्त नक्कली कागजमा नायिका केकी र नायक आर्यनको नाम जोडीएको थियो l सुटिङका लागि केकी र आर्यनसहित १४ जनाको सूची नयाँ दिल्लीस्थित नर्वेजियन दूतावासमा पठाइएको थियो । त्यसपछि दूतावासले सिफारिसबारे बुझ्न नेपाल पर्यटन बोर्डलाई इमेल पठाएको थियो । केकी र आर्यनबाहेक सूचीमा रहेका अन्य व्यक्ति कलाकार नभएको र उनीहरूलाई तस्करी गर्न खोजिएको दाबी प्रहरीको छ l केकी र आर्यन दुवैसँग फिल्म निर्माण कम्पनीको कुनै सम्झौता नरहेको तर आर्यनको पासपोर्ट भने फिल्म निर्माण कम्पनीसँग रहेको बताइएको छ l सीआईबीले यस् बारे अनुसन्धान गरीरहेको छ l