अभिनेता प्रदीप खड्का आक्रोश बनेका छन् । आज बाट प्रदर्शनमा आएको फिल्म `प्रकाश´ लाई न्युन शो दिएको भन्दै पत्रकार सम्मेलन गरी आक्रोसित बनेका हुन् । हिन्दीको तुलनामा नेपाली फिल्मलाई कम शो दिएर प्रदर्शकले विभेद गरिएको आरोप लगाउदै आफुहरुलाई अपमान गरेको उनको भनाइ छ । सम्मेलनमा बोल्दै प्रदीपले प्रदर्शकसँग मेरो चित्त दुखाइ र गुनासो केही होइन । कन्फयुजन चाहिं हो । मलाई अचम्म लाग्यो, यो खालको अपमान किन हो ? व्यक्तिगत रुपमा त मेरो कसैसँग रिसइबी छ जस्तो लागेको छैन मलाई । नियतमा खोट देखेको उनको भनाइ छ । अपमान महसुस भएकैले निर्देशक दिनेश राउत पनि पत्रकार सम्मेलनमा नआएको र नेपाली फिल्मलाई संरक्षण गर्नेतर्फ सहयोग नभएको गुनासो गरे । साथै हालै चलिरहेको विदेशि फिल्म `लाइगर’ लाई लक्षित गर्दै फिल्मसँग जुन लाग्दैछ, त्यो फिल्म त रातिको १ बजे त के फ्री शो लगाउँदा पनि मान्छेहरु आउँदैनन् जस्तो लागेको छ मलाई । त्यस्तो रिभ्यु आएको छ । त्यसको बाबजुद पनि हामीलाई दिएको छ कस्तो शो ?’ अब पनि नेपालि फिल्मले शो नपाउने नपाउने हो भने चोकचोकमा प्रोजेक्टर राखेर फिल्म देखाउनुपर्ने अवस्था आउने बताए । पत्रकार सम्मेलनपछि क्यूएफएक्सले ‘प्रकाश’को शोमा वृद्धि गरेको छ । दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’मा अभिनेता प्रदीप खड्का र रेणु मुख्य भूमिकामा रहेका छन्।