फिल्म `प्रकाश´को शोलाई क्यूएफएक्सले दोब्बर बनाएको छ । ८० प्रतिशत अकुपेन्सी भएपछि क्यूएफएक्स शो दोब्बर बनाएको हो । बिदेशी फिल्मलाई अत्याधिक शो दिएको क्यूएफएक्सले शुक्रबार आफ्नो च्यानलमा ८० प्रतिशत हाराहारिमा अकुपेन्सी भएको भन्दै शनिबारका लागि शो बढाएको हो ।आफ्नो नेटर्वमा रहेका देशभरका हलहरुमा शुक्रबारका लागि १३ शो दिएको क्यूएफएक्सले शनिबारका लागि २६ शो दिएको छ ।जसमा काठमाडौं उपत्यका भित्र १३ शो र काठमाडौं उपत्यका बाहिर १३ शो बिभाजन गरिएको हो । राजधानीका अन्य मल्टीप्लेक्सहरुले समेत फिल्मको शो बढाएका छन् । शुरु देखिनै उल्लेख्य शो दिएका बिग मुभिज, एफक्यूव, वान सिनेमा, आइएनआईलगायतका हलहरुले पनि शनिबारका लागि शो थपेका छन् । दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ ।