फिल्म ‘प्रकाश’ले शनिबार ब्यवसायिक रुपमा पनि उत्साहजनक सफलता हात पारेको छ । शनिबार हाउसफुल रहेको फिल्ममा ८० प्रतिशत भन्दा माथीको अकुपेन्सी देखिएको छ । सकारात्मक प्रतिक्रिया बटुलेको फिल्मले दर्शकको मन् जित्नुका साथै दर्शकले सामाजिक सञ्जालमा फिल्मको खुलेरै तारिफ गरिरहेका छन् । कबड्डी ४’ पछि ‘प्रकाश’मा यतिका दर्शक आएको हल संचालकहरुको भनाइ छ  । माउथ पब्लिसिटिका कारण कयौं  दर्शकको  सिनेमाघरमा फिल्म हेर्ने घुइँचो लागेको हो । सञ्जालमा फिल्मको खुलेरै तारिफ गरिरहेका छन् । नायक प्रदिप खड्काको स्टारडम तथा दिनेश राउतको सिनेमा लिगेसीका कारण ‘प्रकाश’ले शुक्रबार भन्दा शनिबार थप आक्रामक ब्यापार गरेको देखिन्छ ।