गत शनिबार बाबुको मुख हेर्ने दिनको अवसरमा फिल्म ‘महापुरुष’को ‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको छ । नवराज पराजुलीका शब्द रहेको गीतमा रिदम कँडेलको संगीत र स्वर छ ।
गीतको भिडियोमा हरिवंशका साथै रविन्द्र सिंह बानियाँ र डेब्यु अभिनेता अरुण क्षेत्री फिचर्ड छन् । फिल्ममा हरिवंश र अरुण बाबु-छोराको भूमिकामा छन् । ‘महापुरुष´ मा प्रदीप भट्टराईले निर्देशन तथा लेखन रहेको छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित फिल्ममा रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण छ । म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन् ।फिल्ममा मदनकृष्ण, हरिवंश, रविन्द्र र अरुणसंगै गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायतको अभिन रहेको छ । कार्तिक ११ गते बाट फिल्म प्रदर्शनमा आउदै छ।