नेपाली टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’ को ग्राण्ड प्रिमियरमा सहभागि हुनका लागि बलिउड अभिनेता गोविन्दा र उनकि पत्नि सुनिता अहुजासहित नेपाल आएका छन्।  बिशेष अतिथिको रुपमा नेपाल आएका दुवैको तस्विर बाहिरिएको छ।सार्वजनिक तस्विरमा गोविन्दा नेपाली ढाकाटोपी र दौरामा देखिएका छन् भने सुनिता चौबन्दी चोलो र सारीमा सजिएकी छन् । ग्राण्ड प्रिमियर आगामी साता प्रसारण हुदैछ।