हाल पत्नि सुनिता सहित नेपाल  आएका बलिउड अभिनेता गोविन्दाले नेपालि फिल्म "प्रेमगीत ३" लाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । होटेल याक एण्ड यतिमा सुपर डान्सर नेपालको मिट एण्ड ग्रिटसंगै उनले अभिनेता प्रदिपसंगको भेटमा प्रतिबद्धता जनाएका हुन् । प्रदिपले भेटमा नेपाली फिल्म क्षेत्रको बारेमा जनाकारी गराएका थिए । त्यो संगै भारतमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ को बारेमा प्रदिपले बिशेष छलफल गरेका थिए ।उक्त भेटमान निर्देशक दिनेश डिसी र चौधरी ग्रुपका वरुण चौधरी सहभागी भएका थिए।