‘प्रेमगीत ३’को टिमलाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । विकास बोर्डका अध्यक्ष भुवन केसीले निर्माता तथा निर्देशक सन्तोष सेनलाई सम्मान गरेका हुन् । फिल्मका निर्देशक सन्तोष सेन, नायक प्रदीप खड्का सहितको टिमको कामको खुलेरै प्रशंसा गर्दै केसिले नेपाली फिल्मलाई विदेशी बजारमा लैजानुपर्छ भन्ने सपना देखेको र आज प्रेमगीत ३ ले यसको सुरुवात गरेको कार्यक्रममा बताएका थिय । साथै विकास बोर्डले गर्नुपर्ने हरेक प्रकारको सहयोग गर्न तत्पर रहेको बताएका थिय । यसैगरी फिल्मका निर्देशक तथा निर्माता सेनले विकास बोर्डको प्रोत्साहनले झनै हौसला मिलेको बताए । उनले भने-‘भोलीका दिनमा हिन्दी भाषामा भारतमा नेपाली फिल्म चल्ला या नचल्ला त्यो थाहा छैन । तर, आज भारतका चर्चित ट्रेड, युट्युब च्यानलहरुले यहाँको सुन्दरताको बारेमा बयान त गरेका छन् । नेपालको प्रचारमा यसले महत्वपूर्ण भूमिका खेलेको छ ।’ केही फिल्मीकर्मीहरुले अझै पनि आफूहरुले गरेको कामको आलोचना गरेको भन्दै सन्तोषले खुट्टा तान्न भन्दा पनि सहयोग गर्न आग्रह गरे । भारतका ट्रेडहरुलाई पैसा खुवाएर ट्विट गर्न लगाएको समेत भन्नुभएछ । म नेपालका पत्रकार त पैसाले किन्न सक्दिनँ, भारतको सक्छु होला ।’ उनि भन्छन् । कार्यक्रममा फिल्म प्रेम गीत ३ का मुख्य कलाकार सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, प्रेम पुरी पनि उपस्थित थिए ।