महिलाहरुको चाड पर्व तिज नजिकिए संगै 'सम्हालिन्छ कहिले मन' टिमले टिकटक प्रतियोगिता सुरु गरेको छ । प्रतियोगितामा सहभागी हुन चाहनेहरुले तिजको व्रतको दिन मंगलबार बिहान ६ बजेदेखि ‘सम्हालिन्छ कहिले मन’ का ३ वटा गीत वा ट्रेलरका कुनै पनि कन्टेन्ट छानेर टिकटक बनाउन सक्‍नेछन् । १९ भदौ अर्थात् आइतबार राति १२ बजेसम्म जसले धेरै भ्युज ल्याउँछ, उसैले पुरस्कार जित्ने निर्माण टोलीले जनाएको छ, २१ गते विजेतालाई पुरस्कार वितरण गरिनेछ । पुरस्कारमा निर्माण टिमले एक तोला सुन राखेका छ्न् । १७ भदौबाट प्रदर्शनमा आउने ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलरसँगै तीनवटा गीत ‘जरुरी कुरा कुरा छ’, ‘हराएँ हराएँ’ र शीर्ष गीत ‘सम्हालिन्छ कहिले मन’ सार्वजनिक भइसकेको छ । यी गीतहरुले सामाजिक सञ्जालमा पनि राम्रो चर्चा पाइरहेका छन् । सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा अभिनेताद्द्य आकाश श्रेष्ठ ,सोनाम तोप्देन र नायिका पूजा शर्मा मुख्य भुमिकामा देखिएका छन् ।