‘राजकुमारी’ नामक आगमि फिल्ममा अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्माको जोडि बाँधिने भएको छ । 
पुष्पले हालै यो फिल्म साइन गरेका हुन् भने पूजासँग निर्माताले लकडाउन अगावै सम्झौता गरेका थिए । रूपेश तामाङ्गको निर्देशनमा बन्न लागेको फिल्मको छायांकन भारतको कालिम्पोङ क्षेत्रमा हुनेछ । साथै भाद्रको  अन्तिमबाट छायांकन सुरु गर्ने निर्माण टिमको योजना छ  ।