युट्यवमा ओडियो रुचाइएको गीत ‘ल्याङ ल्याङ’को भिडियो सार्वजनिक भएको छ । चलचित्र ‘रोमियो’मा समावेश भएको उक्त गीतका कभर भिडियो लगायत अडियोलाई युट्युबमा रुचाइएको थियो । शुक्रबार ‘ल्याङ ल्याङ’को ओर्जिनल भिडियो सार्वजनिक भएको हो । जसमा नायक सञ्जोक कोइराला, अशिष्मा नकर्मी, ओसिमा बनु र हसनराजा खानले नृत्य गरेका छन् । सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर रहेको गीतमा सुनिल पाण्डेकै संगीत रहेको छ । शंकर कार्कीको निर्देशन रहेको चलचित्र ‘रोमियो’मा हसनराजा खान, ओसिमा बनु, मेलिना मानन्धर, निशा अधिकारी, भानु प्रताप लगायत कलाकारको अभिनय रहेको छ ।कार्तिक १७ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र अब कात्तिक २४ गते प्रदर्शन हुने बताइएको छ ।