हलले शोमा विभेद गरेको भन्दै गत शुक्रवार बाट प्रदर्शनमा आएको फिल्म ‘राधा’ लाई निर्माण टिमले हलबाट उतार्ने निर्णय गरेका छन्। आकस्मिक प्रेसमिटको आयोजना गर्दै निर्माण टिमले उक्त निर्णय गरेको हो ।  निर्देशक सुवर्ण थापा अनुसार सुरुदेखि नै शो बाँडफाँटमा विभेद गरिएको र दिइएको शो पनि दर्शकको समय अनुकुल नभएको आरोप लगाएका छन् । साथै यस् कुराको जानकारी हल र वितरक दुवैलाई दिएका जानकारी गराएका छन् । निर्माण टिमले तीजको बेला शो बढाउने अपेक्षा गरेका र  दिएको शो पनि कम गरेपछि यस्तो अवस्थामा फिल्म पुगेको हो । पत्रकार सम्मेलनमा सौगात मल्ल र शृष्टि श्रेष्ठ पनि रहेका थिए। दुवैले अहिलेको अवस्थमा फिल्म प्रदर्शन गर्न नसकेको जिकिर गरे।