बुसान, ढाका, फ्रिबर्ग लगायत थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलमा छनोट भएर पुरस्कृत समेत भएको सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो गाउँ ज्यामिरे’ बोलको बाल गीतमा रामबाबु सुवेदीको शब्द रचना र रामेश श्रेष्ठको संगीत छ । गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले स्वर दिएका छन् । 

आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारीले निर्माण गरेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीको अभिनय छ । भदौ २४ गतेबाट प्रदर्शनमा आउने छ ।