फिल्म ‘दुई नम्बरी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘झलल आयो तिम्रो याद’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो । मेलिना राई र जयन जे. वाइवाको स्वर रहेको गीतमा गायक वाइवाकै शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतले अभिनेता सौगात मल्ल र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड छ्न् । साथै गीतको भिडियोमा सौगात र दयाहाङ राईबीचको मित्रतालाई पनि देखाइएको छ । 

आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको   फिल्मको निर्देशन तथा लेखन दीपेन्द्र लामाको हो । सरोज नेपाली कार्यकारी निर्माता रहेको यस फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको दृश्य सम्पादन र जयन जे वाइवाको संगीत रहेको छ ।