फिल्म ‘झिँगेदाउ’ सेन्सर पास भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको हो। सवै बर्गका दर्शकले सजिलै फिल्म हेर्न पाउने छन् । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको ‘झिँगेदाउ’ मा अभिनेत्री केकी अधिकारी र आँचल शर्माले जेठानी-देउरानीको भुमिका निवार्ह गरेका छन् । साथै फिल्मा अभिनेताद्दय मुकुन भुसाल र कुशल बिष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीद्वारा लिखित कृतिमाथि बनेको फिल्मको पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह-निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । बिष्णु कल्पितको छायांकन रहेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् । फिल्म आगामि शुक्रबारबाट प्रदर्शनमा आउदै छ ।