फिल्म  'प्रेम गीत ३'को हिन्दि ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य अभिनेता प्रदिप खड्कालाई भिन्न अवतारमा देखाइएको छ ।  उनलाई ट्रेलरमा एक योद्धाको भेषमा देखिन्छन् भने रगतले लतपतिएको अनुहारमा निकै आक्रोश देख्न सकिन्छ । फिल्मको टिजर निकै आकर्षक देखिएको छ। हिन्दी भाषाको टिजरमा ध्वनीको काम निकै आकर्षक देखिएको छ। छेतेन गुरुङ्ग र सन्तोष शेनले निर्देशन गरेको फिल्ममा प्रदिप खड्का र कृष्टिना गुरुङ्ग मुख्य भूमिकामा रहेका छन्।

आशुशेन फिल्मस्को व्यानरमा निर्माणमा भएको फिल्ममा शिव श्रेष्ठ, पुस्कर कार्की, माओत्से गुरुङ्ग, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ।