राप्रपा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो एजेन्डा संग फिल्म प्रकाश नजिक रहेको बताएका छन् । फिल्म हेरेपछि उनले आफुले बिगत ७ वर्ष देखि उठाउँदै आएको वर्गिय विभेदकै मुद्धामा फिल्म ‘प्रकाश’ खरो रुपमा उत्रिएको बताएका छन् । बुधबार राजधानीको दरबारमार्ग सिनेप्लेक्समा फिल्म हेरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै
लिङ्देनले यस्तो बताएका हुन् ।भनिन्छ नेताले घण्टौं लामो भाषण गरेर जनतालाई बुझाउन नसकेका कयौं विषयहरु फिल्मले केही समयमा नै मन र मस्तिकमा गहिरो छाप पर्ने गरि भन्न सक्छ । राज्यले जनतालाई दिने सेवा सुबिधा जातको आधारमा नभई वर्गका आधारमा हुनुपर्छ भन्दै उनले राज्यले गरिवलाई संरक्षण गर्नु पर्छ भन्ने कुरा आफुले उठाउँदै आएको र ‘प्रकाश’ले पनि यही कुरा देखाउन खोजेको बताए । आफ्नो राजनीतिक एजेण्डासँग फिल्मको विषयवस्तु नजिक पाएका लिङ्देनले फिल्ममा देखाए झै अहिलेको राज्य ब्यवस्थाले नजानिदो हिसावले बर्गिय बिभेदलाई प्रोत्साहन गरिरहेको आरोप समेत लगाए । आफुले निरन्तर रुपमा जुन कुरा विरुद्ध आवाज उठाउँदै आएको हो फिल्मले पनि त्यही मुद्धा उठाएको भन्दै उनले अहिलेको समाज कस्तो छ त्यसलाई चित्रण गर्न ‘प्रकाश’ एकदम सफल भएको जनाए ।नेपाली राजनीतिको बिकृतिको मार ‘प्रकाश’ जस्तै हाम्रो समजका ब्यक्तिहरुले खेप्नु परेको भन्दै लिङ्देनले भने – यो फिल्म आम जनताले त हेर्नै पर्ने छ, त्यो भन्दा बेसी अहिलेको वर्तमान समयको नेतृत्व गरिरहेको छु भन्ने राजनैतिक दलहरुको नेताहरुले, राजनितिक कार्यकर्ताहरुले हेर्नुपर्छ । दिनेश राउत निर्देशित फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।