चलचित्र ‘सकस’को पहिलो गीत सार्वजनिक भएको छ । कात्तिक २४ गते प्रदर्शन हुन लागेको चलचित्र ‘सकस’को ‘बिस्तारै बिस्तारै’ बोलको गीत सार्वजनिक भएको हो । चेतन सापकोटाको संगीत रहेको गीतमा राई नविन र करुणा हमालको स्वर छ । त्यस्तै शहदेव ढुंगानाको शब्द सृजना रहेको गीतलाई समीर मियाले कोरियोग्राफी गरेका हुन् ।
भिडियोमा चलचित्रका मुख्य कलाकार सुन्दर श्रेष्ठ र महिमा सिलवालको फिचरिङ रहेको छ । एनबी महर्जन निर्दे्शित सिनेमामा सुन्दर र महिमाका अलावा सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारको अभिनय रहेको छ ।