फिल्म "बुलबुल" अमेजन प्राइममा रिलिज भएको छ ।सन २०१९मा प्रदर्शनमा आएर राष्ट्रिय एवं अन्तराष्ट्रिय पुरस्कारहरु पाएको फिल्मलाई अब अमेरिका, बेलायत लगायत विश्वभरका दर्शकहरुले हेर्न पाउने छन् । फिल्ममा नवअभिनेता मुकुन भुषाल , लक्ष्मी बर्देवा ,दीपक क्षेत्री लगायतको पनि दमदार अभिनय रहेको छ । यसै फिल्मबाट नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनय गरेबापत  सार्क फिल्म फेस्टिभल लगायत अन्य घरायसी फेस्टिभलहरुमा राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेकी थिइन भने निर्देशक विनोद पौडेलले पनि उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका थिए ।