‘सम्हालिन्छ कहिले मन’को प्रचार प्रसार हेलिकप्टरमा  गरिएको छ । निर्माण टिमले चोभार पुगेर पोस्टर टाँसेर हेलिकप्टरमा फिल्मको प्रचार गरेको हो ।कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनलाई बोकेर बौधबाट उडेको हेलिकप्टर पशुपतिहुँदै चोभारमा पुगेर ल्याण्ड भयो । सयपत्री फुल खसाउदै उडेको हेलिकप्टरबाट पूजा, आकाश र सोनमले हरियो मैदानमा इन्ट्री मारे । रिलिज अगाडी भगवानसंग वरदान मागेको र बौध र पशुपतिलाई फन्को लगाउदै नेपाली फिल्ममा छायांकनको पवित्र स्थलमा पुगेर प्रेसमिट आयोजना गरेको पूजाले बताएकि थिइन् ।                                                   तस्विर:विकास अर्याल

cinepati cinepati

कुनै कामको सुरुवात गर्नु भन्दा अगाडी भगवानलाई सम्झिदा आशिर्वाद मिल्छ भन्ने आशाका साथ सो प्रचार गरेको आकाशको भनाइ  थियो । डेब्यु अभिनेता सोनमले प्रचारमा खुसि मिलेर र फिल्मको आक्रामक बुकिङले उत्साहित बनेको बताए ।
 
 

cinepati cinepati cinepati

भोलि बाट प्रदर्शनमा आउन लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्ममा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा पूजा, आकाश र सोनमसंगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतको अभिनय छ ।