यतिबेला रङ्गमंचमा दुई वटा नाटक प्रदर्शनमा आएका छन् । रातोपूल स्थित ओजस थिएटरमा नाटक 'असुर´ र बानेश्वर स्थित मन्डला नाटक घरमा `२४ मा १२´ मंचनमा आएका हुन् । भदौ १५ देखि मन्चन सुरु भएको असुर असोज  ८ मा सम्पन्न हुने छ भने हिजो बाट सुरु भएको २४ मा १२ असोज ९ मा सम्पन्न हुने छ । विवेक न्यौपाने (घने)ले निर्देशन गरेको नाटकले शक्ति प्राप्तको लागि भोको व्यक्तिको कथा भन्छ । ‘असुर एउटा गाउँको पारिवारीक कथा हो । यो कथामा एकै परिवारका दुई पिँढीको विचार मिल्दैन । कोही पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्छन् त कोही नयाँको । नाटकमा प्रहलाद खरेल, केशव सिंह ठगुन्ना, प्रतिक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्रचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, बिरेन्द्र सिंह  लगायतको अभिनय रहेको छ । चेतना सापकोटा कार्कीको सहनिर्माण रहेको नाटकका कास्टिङ डिरेक्टर सुरेन्द्र क्षेत्री हुन् । भेषभुषामा निशा गिरी, गंगा मगर र अश्मिता ढकालले काम गरेका छन् । रविन दोङको लेखन नाटकमा रहेको छ । साथै यसगरी संगीत सापकोटाको निर्देशन रहेको नाटक २४ मा १२ लाई उमेश सुनामले लेखेका हुन् । ओजसमा चलेको नाटक बिहिबार बाहेक अन्य दिन मंचन हुने छ भने शनिबार दुइ शो हुने छ । संगीतको निर्देशन  रहेको मन्डलामा चलेको नाटक सोमबार बाहेक अन्य दिन हेर्न सकिने छ र शनिबार दुई सो पनि  रहेको छ ।