कलाकार उद्वव राज भट्टराई " जुङ्गे भट्टराई" को निधन भएको छ । उनको गाडिमै निधन भएको हो । दम् रोगि भट्टराई चितवन बाट काठमान्डौ आउने क्रममा उनको ६६ बर्षको उमेरमा निधन भएको हो । ‘सन्तान’बाट कलाकार र कस्टुम डिजाइनरको रुपमा करिअर थालेका उनले पछिल्लो पटक फिल्म ‘मेरी मामु’मा कला निर्देशकको रुपमा काम गरेका थिए । त्यसयता उनको हातमा काम थिएन । २०७३ सालमा एलजी अवार्डमा उनलाई कला निर्देशनको रुपमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । भट्टराईले नेपालीसँगै केही बलिउड फिल्ममा पनि अभिनय गरेका छन् । नेपाली फिल्ममा कला निर्देशकको रुपमा काम गरेका उनले कला निर्देशनसँगै फिल्ममा भेषभुषा समेत हेर्ने गर्दथे । लामो जुंगाका कारण भट्टराई जुङ्गे उपनामले चर्चित थिए ।