फिल्म ‘हिजो आजका कुरा’को नयाँ गीत सार्वजनिक भएको छ । ‘परदेश’ बोलको गीतमा हर्कुलस बस्नेतको स्वर तथा संगीत छ भने एकतारे र निर्देशक पन्तको शब्द रचना रहेको छ । गीतको भिडियोमा परदेश र नेपालमा बस्ने परिवारको कथालाई देखाइएको छ ।
सन्तोस पन्त कार्यकारी निर्माता, सन्तोष पन्त/सकार पन्त निर्माता र बैकुण्ठ प्रसाद उपाध्याय/कुमार मिश्र सह-निर्माता रहेको फिल्मलाई कलाकार सन्तोष पन्तका छोराले निर्देशन गरेका हुन् । साकार पन्तको यो डेब्यु निर्देशन फिल्म हो । सन्तोष पन्त र रमासँगै केकी अधिकारी, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेल लगायतको अभिनय रहेको फिल्म असोज २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।