बलिउड फिल्म ‘इश्क पस्मिना’ को टिजर र गीत सार्वजनिक भएको छ ।  बलिउड फिल्म  कम्पनी कृष्ण शान्ति प्रोडक्सन हाउसले निर्माण गरेको फिल्मको टिजर र गीत  काठमाण्डौस्थित होटेल एम्वासडरमा सार्वजनिक गरिएको हो । जी म्युजिक कम्पनीबाट सार्वजनिक भएको गीत ‘जोगी हो गया’ मा चर्चित भारतीय गायक जाबेद अलि ले स्वर दिएका छन् । फिल्मको निर्देशन अरविन्द पाण्डेले गरेका हुन् ।

 

 

 

फिल्मका निर्माता सुरज सूर्या मिश्रा रहेका छन् । सेप्टेम्बर २३ बाट नेपाल र भारतमा फिल्म एकसाथ प्रदर्शनमा आउँदै छ । फिल्ममा नायक भाविन भानुशाली र नायिका मालती चाहर मुख्य भूमिकामा छन् । 

भाविन भारतको लोकप्रिय टिकटक स्टार हुन् भने मालती भारतीय क्रिकेटर दीपक चाहरकी बहिनी हुन् ।