शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत रिलिज गरिएको छ । सार्वजनिकक गीतमा डेव्यु अभिनेता सोनम तोप्देन र दीपा लामाले स्वर भरेका छन् । ‘मेरो मन मुटु’ बोलको गीतमा आनन्द अधिकारीको शब्द रचना तथा तारा प्रकाश लिम्बुको संगीत छ । गीतमा पुजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनलाई फिचर्ड गरिएको छ ।
त्रिकोणात्मक प्रेमकथा बोलेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्ममा पूजा, आकाश र सोनम तोप्देनको साथमा सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारको अभिनय रहेको छ । लन्डन, स्कटल्यान्ड र वेल्समा छायाङ्कन गरिएको ‘सम्हालिन्छ कहिले मन’ एबी इन्टरनेशनल ब्यानरमा निर्माण भएको हो । एबी इन्टरनेशनलले यस अघि बलिउड अभिनेत्री सन्नी लियोनी फिचर्ड फिल्म ‘पासवर्ड’ निर्माण गरेको थियो । फिल्ममा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको सङ्गीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा डेब्यु अभिनेता सोनम तोप्देनको अभिनयले दर्शकलाई तानेको छ ।