निश्चित एक जातीय समूहको कला, संस्कृति, लजवलाई लिएर व्यंग्य गरेको भन्दै पक्राऊ परेका स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंहलाई आज थुनामुक्त गरिंदै छ । उनलाई एकपटक लागि माफी दिईएको र फेरि फेरि यस्तो क्रियाकलाप नगर्ने सर्तमा CDO मा लगि छोड्न लागिएको हो।केही समयअघि सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यङ्ग गरिएको थियो । सोही विषयलाई लिएर नेवार समुदायका व्यक्तिहरूले उजुरी दिएपछि सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।