‘चर्खा’मा दिलिप र जुनुले यसरी मर्काए कम्मर (भिडियो ) लामो समय देखि चलचित्र नदेखिएका अभिनेता दिलिप रायमाझीको नृत्य रहेको ‘घन घन मादल घन्कियो’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्र ‘चर्खा’मा समावेश भएको गीत ठेट मारुनी भाकामा तयार भएको छ । चर्खाका पहिलो गीत ‘घन घन मादल घन्कियो’ मा अभिनेता दिलिपलाई गायिका जुनु रिजालले साथ दिएकी छिन् । दुवैले गीतमा कम्मर मर्काएका छन् । जुनु रिजाल (काफ्ले) र रामचन्द्र काफ्लेको स्वर रहेको गीतमा गोविन्द गौतमको शब्द र विकाश चौधरीले संगीत रहेको छ ।