फिल्म ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा दयाहाङ र सुरक्षाका साथै बाल कलाकार आयुशी ढकाललाई देखाइएको छ । फिल्ममा उनीहरु काठमाडौंमा डेरामा बस्ने पात्रको भूमिकामा रहेको बुझिन्छ । फिल्ममा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशीलगायतका कलाकारहरुको पनि अभिनय छ । दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा हेश दवाडीको पटकथा र संवाद रहेको छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् । सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले काठमाडौंमा घर हुने र डेरामा बस्ने मानिसको कथा देखाउनेछ ।