जेष्ठ नागरिकले सित्तैमा फिल्म  ‘झिँगेदाउ’लाई  हेर्न पाउने भएका छन् । निर्माण टिमले  जेष्ठ नागरिकका लागि यस्तो स्किम ल्याएका हुन् । राजधानीका बिएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलमा फिल्म हेर्न पाउने छन् । आमा-सन्तानबीचको भावनात्मक कथा भनेका कारण बिएसआर मुभिजले ६५ वर्ष माथिका जेष्ठ आमाहरुको लागि हलमा सितैमा हेराउने घोसणा गरेका हुन् ।  आमा र छोरा-बुहारीहरुको कथा भन्ने फिल्ममा  केकी र आँचलसंगै मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ ।  निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म गत शुक्रवारबाट रिलिजमा आएको हो । सकारात्मक प्रतिक्रिया पाएसंगगै दर्शकले फिल्मलाई अत्याधिक रुचाएका छ्न् ।