फिल्म ‘महापुरुष’ को विदेशी राइट्स बिक्री भएको छ । एमएसएम इभेन्ट्सले अस्ट्रेलिया र नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले फिल्मको अमेरिका राइट्स किनेको हो ।संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, कोरिया र मध्य पूर्वका देशहरुमा एकसाथ प्रदर्शन हुन लागेको फिल्मको अमेरिका र अस्ट्रेलियाको लागि नियमित शोको लगभग निश्चित भइसकेको छ । प्रदिप भट्टराईको निर्देशन रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल लगायतको अभिनय रहेको छ । दीपक बज्रचार्यले खिचेको यस फिल्ममा रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता र म्याक्स दिपेश खत्री निर्मातामा छन् ।भाइटीकाको भोलीपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आउदै छ ।