फिल्म "जेल ब्रेकर" निर्माण हुने भएको छ । निर्देशक ज्ञानेन्द्र देउजा र निर्माता छविराज ओझाको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो । अहिले स्क्रिप्ट लेखनको काम भइरहेको फिल्म   कपनगडी फिल्मस् र गुड न्यूज इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण हुने छ ।  फिल्मको छायांकन माघमा बाट सुरु गरीने निर्देशक देउजाले बताएका छन् । सत्य घट्ना माथि आधारित रहेर निर्माण हुने फिल्मको लागि दशैंपछि कलाकार छनोट कार्य सुरु गरीने छ । यसअघि देउजा र छविराज ओझाले फिल्म ‘हिफाजत’मा सहकार्य गरेका थिए, जुन सुपरहिट भएको थियो ।