बानेश्वर थापा गाउँ स्थित कुञ्ज नाटक घरमा नाटक "तन्त्र" को मञ्चन सुरु भएको छ । एभरेष्ट फिल्म एकेडेमीको प्रस्तुति रहेको नाटकमा कलाकार भोलाराज सापकोटाको निर्देशन तथा लेखन् रहेको छ । एकेडेमीकै बिद्यार्थीहरुको अभिनय रहेको नाटकले देशमा धेरै परिवर्तनहरू भए तर जनताले के पाए ? पहिलेको कुनै तन्त्र देखि अहिलेको तन्त्र सम्ममा हामी जनता कता छौ भन्ने प्रश्न गरेको छ । मञ्चमा कलाकार सुमन थापा, मारिया कार्की ,सन्तोष विष्ट ,सोनिका साही ठकुरी , लक्ष्मण के सी, लेखनाथ बिक, योगेश खतिवडा, गोपाल महतरा,रोमर्श  राय ठकुरीले अभिनय गरेका छन् । नाटक हरेक दिन बेलुका ५:३० बजे सुरु हुने छ भने सोमबार बाहेक शनिवार २ सो १ बजे र साँझ ५:३० मा मञ्चन गरिने छ । नाटक असोज ८ गते सम्म चल्ने छ ।