अभिनेता पल शाहलाई जबरजस्ती करणीमा सफाइ भएको छ । उनलाई बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सजाय सुनाइएको हो । यज्ञप्रसाद आचार्यको इजलासले उनलाई बलात्कारको मुद्धामा सफाई दिएको हो। उनलाई बाल यौन दुरुपयोगको मुद्धामा साढे २ बर्षको कैद र २५ हजार रुपैया जरिवाना सहित किशोरीलाई १० लाख रुपैयाँ क्षतिपुर्ति दिनुपर्ने सुनाएको छ l म्युजिक भिडियो छायांकनका क्रममा पलले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै किशोरी र उनका बुबाले गत फागुन ११ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएका थिए । जाहेरीमा सुटिङका क्रममा पटक–पटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको किशोरीले आरोप लगाएकी थिइन् l