फिल्म ‘बाबरी’को अस्ट्रेलिया प्रदर्शन राइट्स बिक्री भएको छ ।मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले सिनेमाको अस्ट्रेलिया राइट्स किनेका हुन् ।नेपाल रिलिजको १० दिनपछि अस्ट्रेलियामा ‘बाबरी’ प्रदर्शन हुने छ । यस्तै, तिहारको एक सातापछि नोभेम्बर ६ मा हङकङमा पनि फिल्म रिलिज हुने छ ।सुरेन्द्र पौडेल निर्देशित फिल्ममा धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।असोज १४ देखि फिल्म प्रदर्शनमा आउँदै छ ।