रेखा फिल्म्सको प्रस्तुति रहेको चलचित्र ‘रुद्रप्रिया’ को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्बजनिक 'तिम्रो बाहेक अरु' बोलको गीतमा रेखा र आर्यन बीचको प्रेमलाई प्रस्तुत गरिएको छ ।

 

सनुप पौडेल र अन्जु पन्तको आवाज रहेको उक्त गीतमा अम्बिका शर्माको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको छ । गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा रेखा थापा, आर्यन सिक्देल र राजन इशानको मुख्य भूमिका रहेको छ । चलचित्रलाई सुदिप वोवी भुपाल सिंहले निर्देशन गरेको हुन् ।‘रुद्रप्रिया’ कार्तिक २ गते प्रर्दशन हुँदैछ ।