फिल्म "हिजो आजको कुरा" ट्रेलर सार्वजनिक गरीएको छ । असोज २८ गते रिलिज हुने तयारीमा रहेको फिल्मको ट्रेलरले सोसियल ड्रामा बोल्छ । फिल्मलाई सन्तोष पन्तका छोरा निर्देशक साकार पन्तले निर्देशन गरेका छन् l नेपाल टेलिभिजनबाट लामो समयसम्म प्रसारण भएको चर्चित हास्य टेलिसिरियल ‘हिजो आजको कुरा’कै नाममा यस फिल्म बनेको हो । 

 

फिल्ममा टेलिश्रृङ्खलाकै जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा रहेका छन् । अन्य कलाकारहरू केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, ऋचा शर्मा, जेविका कार्की, अनुष्का अधिकारी, सविन शाक्य लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको पटकथा सन्दीप किस्नको रहेको छ ।