आगामी असोज ७ गतेबाट प्रदर्शनमा आउँदै गतेको फिल्म "प्रेम गीत ३" को प्रचार प्रसार यतीबेला तीब्र गतीमा भैरहेको छ । फिल्मको प्रचार गर्न नेपाल र भारतमा दुई समुह खटेको छ ।बिहीवारबाट नेपालमा फिल्मको ‘प्रमोसनल टूर’ थालिएको छ । जसअन्तर्गत ७ वटै प्रदेशमा पुगेर फिल्मका कलाकारहरुले पत्रकार सम्मेलन गर्नेछन् । भदौ अन्तिमबाट प्रदीप, क्रिस्टिना र सन्तोषले पनि फिल्मको नेपाल प्रचार अभियान ज्वाइन गर्नेछन् । भारतका १५ सय बढी हलमा प्रदर्शन हुन लागेको फिल्मलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् । ढुंगे युगको कथामा निर्माण भएको फिल्ममा अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, मनिष राउत, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्रीलगायतको पनि अभिनय छ ।भारतमा ‘ग्राउन्ड लेभल’बाट प्रचार गर्नुपर्ने भएकाले यसको जिम्मेवारी अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ र निर्माता तथा निर्देशक सन्तोष सेनले लिएका छन् । नेपालमा प्रचारलाई तीव्र बनाउन फिल्मका कलाकारहरु शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, प्रेम पुरी, गायक प्रताप दासलगायतलाई जिम्मा दिइएको छ ।