जतिनै बिरोध भए पनि नेपालि फिल्मलाई ज्यादति गर्न भने नेपालका मल्टीप्लेक्स सञ्चालकहरुले छोडेका छैनन् । केहि दिन अघी मात्रै हिन्दि फिल्म "लाइगर"का कारण नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ लाई शो बाँडफाँडमा सौता ब्यवहार गरेको मल्टीप्लेक्सले अब फेरि अर्को फिल्मलाई दादागिरी देखाएको छ । शुक्रवारबाट दुई नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने तयारीमा छन् । योसँगै भारतका दुई फिल्म ‘ब्रह्मास्त्र’ र ‘सीता रामम’ पनि प्रदर्शन हुँदैछ ।ब्रह्मास्त्र’ सेन्सर भएको छैन । सेन्सर नभएसम्म नेपाली होस् वा विदेशी फिल्म प्रदर्शन गर्न पाइँदैन ।ब्रह्मास्त्र’ सेन्सर नभएकाले प्रदर्शकहरुले सेन्सर भइसकेका दुई नेपाली फिल्मलाई बिहीवार दिउँसोसम्म शो बाँडफाँड गरेका छैनन् । फिल्म निर्माता संघ र फिल्म निर्देशक समाजले बिहीवार विज्ञप्ती जारी गर्दै विदेशी फिल्मको सेन्सर नभएको कारण नेपाली फिल्मको बुकिङ नखुलाएकोप्रति घोर आपत्ति जनाएको छ । निर्माता संघले ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’लाई तत्काल शो टाइम उपलब्ध गराएर बुकिङ खुल्ला नगरे यसविरुद्ध बाध्य भएर कडा रुपमा संघर्षमा उत्रने चेतावनी दिएको छ ।