सिनेमा घर सोमबारबाट बन्द गर्ने निर्णय गरेको चलचित्र संघले  सो निर्णय स्थगित गरेको छ ।छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । केही समय अघी निर्माता संघले विदेशी फिल्म पनि शुक्रवार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय गरेपछि चलचित्र संघले आन्दोलनको गर्न चेतावनी दिएको थियो । छलफलबाट सहमति र सहकार्य गर्दै अगाडि बढ्ने र दुवै संघका सदस्यहरुलाई संयमित बनाउने निर्णय भएको चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिल कुमार थापाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । छलफलमा दीपकराज गिरी, निश्चल बस्नेत, दीपेन्द्र के. खनाल, ज्ञानेन्द्र देउजा, भाष्कर ढुंगाना, प्रज्ज्वल राणा, खगेन्द्र लामिछाने, किरण नेपालीलगायतको उपस्थिति थियो