भारतिय गायक राहत फतेह अली खानको स्वरमा रहेको नेपाली फिल्म ‘प्रेमगीत ३’को नयाँ हिन्दी गीत रिलिज भएको छ । ‘जहान भी जाओ’ बोलको गीतमा डीएच हार्मोनीको कम्पोज र हरी शंकर सुफीको शब्द रचना रहेको छ । गीतको भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड छन् । भारतका प्रख्यात डबिङ आर्टिस्टहरुले हिन्दी डब गरेको ‘प्रेमगीत ३’ भारतमा १५ सय बढी सिनेमा हलमा प्रदर्शन हुने जानकारी प्राप्त छ ।
स्वं. छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप र क्रिस्टिनाका अलावा शिव श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतको अभिनय रहेको छ । फिल्म असोज ७ बाट फिल्म नेपाल साथै भारतमा पनि एकैसाथ प्रदर्शन हुदै छ