चलचित्र ‘मेला’को पार्टी गीत सार्वजनिक भएको छ । ‘खाली हुँदै गयो गिलास’ बोलको गीत आइतबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा विक्रम राई र शशी रावलको स्वर रहेको छ भने अर्जुन पोखरेलको शब्दसंगीत रहेको छ । नेपालीहरुको महान चाड दशैँ तथा दिपावलीको अवसर पारेर उक्र डान्सिङ नम्बर सार्वजनिक गरिएको हो। भिडियोमा चलचित्रका मुख्य कलाकार आमेष भण्डारी, सलोन बस्नेत र अशिष्मा नकर्मी फिचरिङ छन् ।
भिडियोलाई अभिनेत्री पवित्रा आचार्यले कोरियोग्राफी गरेकी हुन् भने दिव्य सुवेदीले खिचेका छन् । बसन्त निरौलाको निर्देशनमा तयार बनेको चलचित्रलाई मनोज के मरोडियाले निर्माण गरेका हुन् भने हरि पन्त यसको प्रस्तुतकर्ता हुन् ।चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध, हरी पन्तको कथा रहेको छ । कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारी गरे मेलामा सलोन, आमेष र अशिष्माको साथै बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ l