अभिनेता नाजिर हुसेनको मुख्य भुमिका रहने फिल्म ‘गुलाबी’को शुभ साइत गरिएको छ । समुन्द्र भट्टको निर्देशनमा बन्न लागेको फिल्म कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सीता बराह मन्दिरमा शुक्रबार क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो ।फिल्ममा सञ्चिता लुइँटेल, सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ कलाकारको अभिनय रहेको छ । फिल्ममा नाजिर ट्रान्सजेन्डरको भुमिकामा देखिने छ्न् । फिल्मको छायांकन भदौ अन्तिम साताबाट औपचारिक रुपमा सुरु हुने छ । फिल्ममा पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसेनको छ । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर र अनुपम फिल्मससँगको सहकार्यमा निर्माण हुने ‘गुलाबी’लाई आलोक शुक्लाले छायांकन गर्नेछन् ।