फिल्म "सम्हालिन्छ कहिले मन’ बक्स अफिसमा सम्हालिन सकेन । भाद्र १७ बाट रिलिजमा आएको फिल्म बक्स अफिसमा असफल भएको छ ।  अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा मुख्य भूमिका रहेको यस फिल्मले रिलिज अघि सिनेमा घरमा धूम मच्चाउने आस गरिएको थियो । तर आस निराशमा परिणत भएको छ । फिल्ममा गायक सोनाम तोप्देनको पनि मुख्य भूमिका रहेको छ   रिलिजको दुई दिन राम्रो व्यापार गरेको फिल्म विकडेज सम्म आइपुग्दा दर्शकको मन जित्न असफल भएको हो । सुदर्शन थापाको निर्देशन रहेको फिल्म बलिउड लेभलको मेकिङ र  विदेशमा छायांकन भएको भनी फिल्मको खुब प्रचार  भएको थियो । तर सोही दिन प्रदर्शनमा  आएको फिल्म "झिंगे दाउ" भने दोश्रो हप्ता सम्म आइपुग्दा पनि हाउसफुल रहेको छ ।