फिल्म ‘सायरा’को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ ।भारतीय र नेपाली निर्माताले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्मको गत मंगलबार घोषणा गरीएको हो । फिल्ममा अभिनेता आर्यन सिग्देल नायकको भुमिकामा देखिने छन् भने निर्माण टिमले नायिका भने बलिउडका छानेका छन् । नायिका हुन् सुफिया सिद्दिकी ।सुफियाले एक दर्जन बढी बलिउड फिल्ममा अभिनय गरिसकेकी छन् । साथै फिल्ममा डान्सर कविता नेपालीको पनि मुख्य भुमिका रहने छ । लभस्टोरी कथामा आधारित भएर निर्माण हुने फिल्मलाई डिविआर मिडिया एन्ड मुभी प्रालीको प्रस्तुतिमा अष्ट्रेलियाको आइविल प्रोडक्सनले फिल्म निर्माणमा सहकार्य गरेको हो । फिल्म भारतमा पनि हिन्दि डबमा प्रदर्शन हुने छ । सम्भवतः दशैंपछि छायांकन सुरु हुने फिल्मको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने छ ।  वीरंगना’ फेम्ड निर्माता रघु परियार प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्मातामा काजीमान अत्रेय छन् भने निर्मातामा पुष्कर झा छन् । फिल्मको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो ।