फिल्म "मारुनि" को दोश्रो सिरिज निर्माण हुने बुझिएको छ । २०७६ सालमा प्रदर्शनमा आएको फिल्म दोश्रो सिरिज निर्माण गर्ने तयारी गरेको निर्मात्री पुनम गौतमले बताएकि छन् । हाल स्क्रिप्ट लेखनको काम भैरहेको फिल्मलाई गौतमलेनै निर्देशन गर्ने छिन् । साथै अहिले फिल्मको नाम मारुनि सोचेता पनि स्क्रिप्ट सकिएपछि फिल्मको फाइनल टुंगो लाग्ने छ । गौतमको अनुसार कथा लेखनको काम सकिएपछि नाम ‘मारुनी २’ नै राख्ने वा नयाँ राख्ने भन्ने टुंगो लाग्नेछ । नयाँ नाम राखियो भने पनि अर्को पटक ‘मारुनी २’ बनाउने सोचमा रहेको उनको भनाइ छ । ट्रान्सजेन्डरको कथामा बनेको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेविका गुरुङ, सम्पदा बानियाँ, अर्जुन श्रेष्ठको मुख्य भूमिका थियो । फिल्मलाई नवल नेपालले निर्देशन गरेका थिय ।दशैतिहार पछि फिल्मको पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गर्ने निर्माण टिमको योजना रहेको छ ।