गायिका सोनिया सेन पोखरेलको आवाजमा "केही खोजिरहेको" बोलको गीत सार्वजनिक भएको छ ।  गायक सुगम पोखरेलको शब्द तथा सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन पिग इ प्रोडक्सनको रहेको छ ।  
 

 

 

 गीतको भिडियोमा प्रदीप बास्तोला र प्रशंसा रायमाझीको अभिनय देख्न सकिन्छ । शिवराम श्रेष्ठले छायांकन गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन र निर्देशन गरेका हुन । गीतलाई मादल स्टुडियो नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।