फिल्म "प्रेम गीत ३" निर्माणटिमले हिन्दि डबलाई नेपालि भाषाको फिल्म सरह अनुमति दिनु पर्ने माग राखेका छ्न् । फिल्म निर्माता तथा निर्देशक संतोष सेनले चलचित्र विकास बोर्डमा निवेदन दिदै अनुमति मागेका हुन् ।निवेदनपछि बिहीबार चलचित्र विकास बोर्डले फिल्म सम्बद्ध विभिन्न संघ-संस्थाका पदाधिकारीसँग छलफल गरेको छ । ‘प्रेम गीत ३’ असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।छलफलमा उपस्थित चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले यस्तो अनुमति रास्ट्रकै लागि घात हुने र यस्तो अनुमति माग्नेलाई देशद्रोहि मुद्दा हाल्नु पर्ने उनको भनाइ छ । साथै यो भाषा अतिक्रमण भएको उनको तर्क छ ।निर्माता संघका महासचिव सुनिल कुमार थापाले पनि हिन्दीमा डब भइसकेको फिल्मलाई नेपाली भाषाका फिल्म सरह अनुमति दिँदा खराब नजिर बस्ने जिकिर गरे । ‘नेपाली भाषाको लागि अनुमति लिएको फिल्मले अन्य भाषामा स्वरांकन भएपछि पुनः सेन्सर गर्नुपर्ने प्रावधान पनि छ । निर्माताले एउटा भाषामा निर्माण भएको फिल्मलाई अर्को भाषामा पुनः स्वरांकन गर्न चाहेमा मन्त्रालय समक्ष दखास्त दिनुपर्ने, अर्को भाषामा पुनः स्वरांकन गर्न दिन उपयुक्त देखिएमा मन्त्रालयले तीन हजार रुपैयाँ दस्तुर लिइ पुनः स्वरांकनको अनुमति दिन पर्ने छ ।फिल्ममा अभिनेता प्रदिप खड्का र कृस्टिना गुरुङको मुख्य भुमिका रहेको छ ।