फिल्म 'लण्डन टु पेरिस'को रिलिज मिति तय गरीएको छ।निर्माण टिमले फागुन ५ गतेलाई फिल्मको रिलिज मिति तय गरेका हुन् ।  घनश्याम लामिछानेले निर्देशन रहेन फिल्ममा साम्राज्ञी मुख्य भूमिकामा अनुबन्धित भएकी हुन् l एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने फिल्ममा  साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का र कबिर खड्का लगायतका कलाकारहरू रहेका छन् । फिल्मको सह-निर्माता अजित सिंह हुन् ।  फिल्मको छायाङ्कन बेलायत र फ्रान्समा हुने छ l फिल्मको  कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा ५० प्रतिशतभन्दा बढी प्राविधिकहरू भारतबाट रहेका छन् ।