यस बर्षको बहुप्रतिक्षित चलचित्र 'छक्का-पञ्जा २' को बुकिङ खुल्ला गरिएको छ । असोज ११ गते, फूलपातीदेखि प्रदर्शनमा आउन लागेको चलचित्रले मल्टिप्लेक्स हलमा सर्वाधिक शो संख्या पाएको छ । दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्रलाई क्युएफएक्स २६ शो दिएको हो ।

लविम मल, सिभिल मल, कुमारी र जय नेपालमा छक्का पञ्जा २ को बुकिंग समेत खुला गरिएको छ । बुकिङ खुले सँगै अधिकांश शोहरु बुक भइसकेका छन् । चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, किरण केसी, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।