निर्मात्री शर्मिला पान्डे कलाकार दिपकराज गिरि संग आक्रोशित बनेकि छन् । आफुले फाल्गुन१९ लाई हातमा लिएर फिल्म "परस्त्री" को रिलिज मिति तय गरेको र  सोहि मितिलाई निशाना बनाउदै दिपले फिल्म "छक्का पन्जा ४" लाई पनि प्रदर्शन गर्ने योजना बनाएको भन्दै उनि आक्रोसित बनेकि हुन् । सामाजिक  सन्जालमा पान्डे लेख्छिन् :उनी लेख्छिन्, ‘हामी हाम्रो फिल्मलाई घोषित मिति फागुन १९ मै प्रदर्शन गर्ने कुरा जानकारी गराउँछौं र नेपाली फिल्म प्रदर्शनमा हुने गरेको बलमिच्याइको बारेमा उचित व्यवस्थापनका लागि चलचित्र विकास बोर्डले गर्ने काम के हो त्यो पनि हामी नियाली रहेका छौं ।’ यो फिल्मलाई उनका छोरा सुरज पाण्डेले निर्देशन गरेका हुन् भने कोशिश क्षेत्री र शिल्पा मास्केको मुख्य भूमिका रहेको छ । । यो मितिलाईअन्य दुई फिल्म ‘वर एन्ड वधु’, र ‘बुलाकी’ले पनि प्रदर्शन मिति तोकेर बसेका छन् ।